उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीको क्षेप्यास्त्र परीक्षण
सोमबार, ०३ माघ २०७८, ११ : ३३
उत्तर कोरियाले दुईवटा छोटो दुरीको ‘बालिस्टिक’ क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको छ । यो महिना उत्तरले गरेको यो चौथो परीक्षण भएको दक्षिण कोरियाको सेनाले जनाएको हो ।
दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले सोमबार राजधानीमा रहेको सुनान विमानस्थलबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । ती क्षेप्यास्त्र ४२ किलोमिटरको उचाइमा ३८० किलोमिटर टाढासम्म पुगेको थियो ।
जापान सरकारले पनि क्षेप्यास्त्र प्रहार भएको जिकिर गर्दै त्यसको भर्त्सना गरेको छ । जापानको रक्षामन्त्री नोबु किसीले ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तट नजिकै खसेको बताए । शुक्रबार उत्तरले रेलबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण