कोहलीमाथि कपिलको बयान : उनले ‘ईगो’ छाड्नुपर्छ
विराट कोहलीले शनिबार भारतीय क्रिकेट टोलीको टेस्ट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । यसबारे भारतका पूर्वकप्तान कपिल देवले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । धेरै दिनदेखि कोहली दबाबमा देखिएको उनको जिकिर छ । अब कोहलीले ‘ईगो’ त्यागेर नयाँ कप्तानको नेतृत्वमा खेल्नुपर्ने उनको सुझाव छ ।
कपिलले भने, ‘सुनील गवास्करले मेरो नेतृत्वमा खेलेका थिए । मैले श्रीकान्त र अजहरुद्दीनको नेतृत्वमा खेलेँ । ममा कहिले पनि ईगो थिएन । विराटले पनि आफ्नो ईगो त्याग्नुपर्छ र युवा खेलाडीको नेतृत्वमा खेल्नुपर्छ । यसले उनलाई र भारतीय क्रिकेटलाई मद्दत मिल्छ । विराटले नयाँ कप्तानलाई पथ प्रदर्शन गर्नुपर्छ । ब्याट्सम्यानको रूपमा गुमाउन सक्दैनौँ ।’
कपिलले आइतबार अङ्ग्रेजी अखबार मिड–डेसँग कुराकानी गर्दै विराटको निर्णयको स्वागत गरेका थिए । उनले भनेका थिए, ‘म विराटको कप्तान छाड्ने फैसलालाई म स्वागत गर्छु । उनले टी–२० को कप्तानी छाडेदेखि निकै खराब समयबाट गुज्रिरहेका थिए । पछिल्लो समय उनी निकै चिन्तित देखिन्थे । उनी निकै दबाबमा देखिन्थे । उनको यो फैसला उनले खुलेर खेल्नका लागि लिएको हुनसक्छ ।’
कोहलीले टी–२० विश्वकपपछि सो फर्म्याटको कप्तानी छाडेका थिए । त्यसपछि उनलाई एक दिवसीयको कप्तानबाट हटाइएको थियो । उनको साटो रोहित शर्मालाई कप्तान तोकिएको थियो । त्यसपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र कोहलीबीच विवादको खबर बाहिर आएको थियो । दक्षिण अफ्रिका विरुद्ध टेस्ट शृङ्खलामा हारपछि उनले टेस्टको कप्तानी छाडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण