गण्डकी प्रदेश भित्र ३० वटा ‘होमस्टे परियोजना’का लागि छनोट, एउटाले १० लाख पाउने
गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रदेश भित्रका ३० वटा होमस्टेलाई होमस्टे परियोजनाका लागि छनोट गरेको छ । प्रदेश भित्रका कुल ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेर पठाएकोमा आइतबार प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा होमस्टेलाई परियोजनामा छनोट गरेको हो ।
छनोटमा परेका ३० वटा होमस्टेलाई प्रति होमस्टे १० लाखका दरले नगद अनुदान उपलब्ध गराउन समेत प्रदेश मन्त्रिपरिषद्ले पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । यीमध्ये दुई वटा होमस्टेलाई भने प्रदेश सरकारले एउटालाई ७ लाख ८४ हजार र ९ लाख ९८ हजार मात्र उपलब्ध गराउन मन्त्रालयलाई भनेको छ ।
छनोटमा परेका र स्वीकृत भएका होमस्टेहरूलाई सो जानकारी गराई होमस्टेहरूसँग स्वीकृत परियोजना र बजेटको परिधिभित्र रही सम्झौता गरी कार्यक्रम कार्यान्वयन गर्न र निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्न समेत प्रदेश सरकारले मन्त्रालयलाई भनेको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
-
युद्धविरामका बाबजुद लेबनानमा इजरायली आक्रमण जारी
-
कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु ओलीको माग
-
सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको शिष्टाचार भेट
-
धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण