बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

अमेरिका–इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु : राष्ट्रसङ्घ

बुधबार, ०३ असार २०८३, १२ : ३०
बुधबार, ०३ असार २०८३

काठमाडाैँ । अमेरिका र इरानबिच भएको सम्झौताको घोषणा पछि लेबनानबाट विस्थापित भएका परिवारहरू सावधानीपूर्वक आफ्नो घर फर्कन थालेको संयुक्त राष्टसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले बताएको छ ।

विज्ञप्ति जारी गर्दै ओसिएइचएले दक्षिण लेबनानमा लगभग दुई हजार ७०० मानिसहरूले सोमबार सामूहिक आश्रयहरू छोडेर आफ्नो थात–थलो फर्किएको जनाइएको छ । सामूहिक रुपमा आश्रयमा बसोबास गदै आएका विस्थापित व्यक्तिहरूको सङ्ख्या विगत चार दिनमा लगभग दश हजारले घटेर शुक्रबार लगभग एक लाख ३४ हजार पुगेको जनाइएको छ ।

लेबनानमा आइतबार देखि हिंसाको तीव्रता घटेको भए पनि दक्षिणी लेबनानमा निरन्तर घटनाहरूको रिपोर्ट गरिएको छ । जसले बासिन्दाहरूको घर फर्किने र स्वतन्त्र रूपमा आफ्नो वास–स्थानमा सर्ने क्षमतालाई प्रत्यक्ष असर पारेको जनाइएको छ ।

यसरी मानिसहरु आ–आफ्नो वासस्थान फर्किरहेको अवस्थामा जमिन मुनि राखिएका हतियारको उपस्थिति एक प्रमुख चिन्ताको विषय बनेको जनाइएको छ । यस सन्दर्भमा, ओसिएइचएले नागरिकहरूको सुरक्षा र दिगो मानवीय सहायताको सुरक्षित, स्वैच्छिक फिर्ती सुनिश्चित गर्न आफ्नो आह्वानलाई नवीकरण गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप