लोकतान्त्रिक समाजवादीको मोरङमा समानान्तर समिति घोषणा
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रूपमा गठन भएको छ । समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्य सञ्चालन सुरु गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ ठाकुरले विधान विपरीत एकलौटी रुपमा मोहम्मद कादिरको संयोजक समिति गठन गरेकामा विरोध गरेका छन् ।
प्रदेश उपाध्यक्ष कामेश्वर रौनियारले बहुमत सदस्यहरूको भेलाबाट इनामुल हक अन्सारीको संयोजकत्वमा गठन गरिएको ३१ सदस्यीय मोरङ कार्यसमितिलाई मान्यता दिनुपर्ने माग गर्दै दबाबमूलक कार्य गर्ने बताए । उनले पार्टीलाई तहसनहस पार्न र मोरङमा रहेको सङ्गठन विस्तारमा अवरोध सिर्जना गर्न केन्द्रले उक्त निर्णय गरेको आरोपसमेत लगाए ।
संयोजक अन्सारीले गएको पुस २४ गते केन्द्रीय सदस्य, प्रदेश सदस्यलगायत १२५ जना अगुवा कार्यकर्ताहरूको भेलाले विधानअनुसार आफूलाई संयोजक घोषणा गरेमा त्यसलाई केन्द्रले मान्यता दिनुपर्ने जोड दिए । पत्रकार सम्मेलनमा मङ्गलबार पार्टी कार्यालय स्थापना गरी सङ्गठन विस्तार कार्यमा लाग्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण