प्रहरीमा १२ वर्षसम्म प्रमोशन नहुने व्यवस्था हट्यो
प्रहरीमा १२ वर्षसम्म प्रमोशन नहुने व्यवस्था हटेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर बाह्र बर्ष भन्ने शब्दको सट्टा ‘आठ वर्ष’ भन्ने शब्द राख्ने निर्णय गरेको छ । सो निर्णय सोमबार राजपत्रमा प्रकाशन गरिएको छ ।
यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने डीएसपीसम्मका अधिकृत र जुनियर अधिकृतलाई अवकाश हुनुभन्दा एक महिनाअघि स्वत बढुवा दिने व्यवस्था थियो । अब, सो व्यवस्थालाई परिवर्तन गरेर ८ वर्ष एउटै पदमा काम गरेर अवकाश हुने अवस्था आए स्वतः बढुवा गरेर एकतह पदोन्नति गरेर अवकाश दिनेगरी नियमावली संशोधन गरिएको छ ।
यसअघि १२ वर्षसम्म प्रहरी नायव निरीक्षक (सई) दर्जामा काम गरेपछि मात्र इन्स्पेक्टर र इन्सपेक्टरमा पनि १२ वर्ष काम गरेपछि डिएसपीमा पदोन्नति भएर अवकाश पाउने व्यवस्था थियो । अब, सो व्यवस्था हटाएर ८ वर्ष कायम गरिएको छ । इन्स्पेक्टरमा ८ वर्ष जागिर भएपछि अवकाशमा जाने प्रहरी अधिकृतहरु अब डिएसपीमा स्वतः बढुवा भएर अवकाश पाउँछन् ।
संशोधित नियमावली लागू भएपछि वरिष्ठ सईमा बढुवा हुने प्रहरी कर्मचारीको हकमा पनि त्यसअघिको सई पदको अवधि गणना गरेर इन्स्पेक्टरमा बढुवा गर्नेगरी नियमावली संशोधन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
