प्रहरीमा १२ वर्षसम्म प्रमोशन नहुने व्यवस्था हट्यो

प्रहरीमा १२ वर्षसम्म प्रमोशन नहुने व्यवस्था हटेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर बाह्र बर्ष भन्ने शब्दको सट्टा ‘आठ वर्ष’ भन्ने शब्द राख्ने निर्णय गरेको छ । सो निर्णय सोमबार राजपत्रमा प्रकाशन गरिएको छ ।
यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने डीएसपीसम्मका अधिकृत र जुनियर अधिकृतलाई अवकाश हुनुभन्दा एक महिनाअघि स्वत बढुवा दिने व्यवस्था थियो । अब, सो व्यवस्थालाई परिवर्तन गरेर ८ वर्ष एउटै पदमा काम गरेर अवकाश हुने अवस्था आए स्वतः बढुवा गरेर एकतह पदोन्नति गरेर अवकाश दिनेगरी नियमावली संशोधन गरिएको छ ।
यसअघि १२ वर्षसम्म प्रहरी नायव निरीक्षक (सई) दर्जामा काम गरेपछि मात्र इन्स्पेक्टर र इन्सपेक्टरमा पनि १२ वर्ष काम गरेपछि डिएसपीमा पदोन्नति भएर अवकाश पाउने व्यवस्था थियो । अब, सो व्यवस्था हटाएर ८ वर्ष कायम गरिएको छ । इन्स्पेक्टरमा ८ वर्ष जागिर भएपछि अवकाशमा जाने प्रहरी अधिकृतहरु अब डिएसपीमा स्वतः बढुवा भएर अवकाश पाउँछन् ।
संशोधित नियमावली लागू भएपछि वरिष्ठ सईमा बढुवा हुने प्रहरी कर्मचारीको हकमा पनि त्यसअघिको सई पदको अवधि गणना गरेर इन्स्पेक्टरमा बढुवा गर्नेगरी नियमावली संशोधन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा