जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते
उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार जीप दुर्घटनामा गम्भीर घाइते कटारी–८ बिजुलेका ३८ वर्षीय घाइते विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै अन्य घाइतेमा कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।
चालक सोही स्थान बस्ने ३८ वर्षीय प्रेमबहादुर श्रेष्ठ फरार छन् । घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण