प्रभु साहका पूर्व प्रेस सल्लाहकार बने एमालेको सबैभन्दा ‘कान्छा’ जिल्ला सदस्य
रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् । यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् ।
२०५५ फागुनमा रौतहटको राजदेवी नगरपालिका–७ (साविक मुडवलवा गाविस) मा जन्मेका यादव पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघमा सक्रिय थिए । संघको स्थायी कमिटी सदस्यको रूपमा काम गरेका उनलाई २८ देखि ३० पुससम्म पोखरामा सम्पन्न सचिवालय बैठकबाट ९औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सदस्यको जिम्मेवारी दिइएको छ ।
सानै उमेरदेखि राजनीतिप्रति चासो राख्ने यादव २०७० सालमा आफू अध्ययनरत विद्यालयमा विभिन्न सुधारका विषय उठाएर संघर्ष गर्दा चर्चामा आएका थिए । दुई वर्षदेखि उनी भूगोल केन्द्रित राजनीतिमा सक्रिय छन् ।
उनले मदन भण्डारी मेमोरियल कलेजबाट मानविकी संकायमा उच्च माध्यमिक तथा रत्न राज्यलक्ष्मी क्याम्पसबाट राजनीतिशास्त्र र पत्रकारिता विषयमा स्नातक गरेका हुन् । यादवले करिब चार वर्ष राष्ट्रियस्तरमा पत्रकारितासमेत गरेका छन् । एपीवान टेलिभिजनमा केन्द्रीय कार्यालयमा स्थापनाकालदेखि करिब दुई वर्ष संवाददाताको रूपमा काम गरेका यादवले न्युज २४ टेलिभिजन तथा हिमालय टेलिभिजनमा समेत काम गरेका छन् ।
केपी ओली नेतृत्वको सरकारमा प्रभु साह सहरी विकासमन्त्री रहँदा यादव उनको प्रेस सल्लाहकार थिए । यादव पत्रकारिता छाडेर तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध भएका थिए । नेकपा विघटनपछि उनी एमालेमै रहे । एमाले केन्द्रीय संगठन विभागको प्रारम्भिक तथ्याङ्ककै आधारमा भन्ने हो भने पनि यसपटक जिल्ला अधिवेशनहरूबाट ठूलो संख्यामा ३० वर्षमुनिको विशेष गरी २३ देखि २६ वर्षे युवा समूह जिल्ला नेतृत्वमा स्थापित भएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण