ग्वार्कोमा फ्लाइओभर बन्ने
ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको जिम्मा एम/एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार अत्यधिक सवारी अवरुद्ध हुने काठमाडौँ उपत्यकाका चोकहरूमा फ्लाइओभर निर्माण गर्ने सरकारको नीति छ । सोहीअनुरूप ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि कम्पनी छनोट भएको हो ।
उहाँका अनुसार फ्लाइओभर निर्माणका प्रस्ताव हाल्ने नौ कम्पनीमध्ये १७ करोड रुपियाँमा एम÷एस आशिष समानान्तर रेलिगर जेभीले ठेक्का पाएको हो । प्रस्तावित ठेक्का रकमभन्दा ३८ प्रतिशत कम रकममा ठेक्का लागेको हो । ठेक्काका लागि आठवटा कम्पनी आर्थिक प्रतिस्पर्धामा थिए । १५ दिनभित्र ठेक्का सम्झौता भई काम प्रारम्भ हुने जनाइएको छ । फ्लाइओभरको ड्रोइङ तथा डिजाइन निर्माण कम्पनीले नै गर्नेछ ।
यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा निर्माण गरिन लागेको हो । यसका लागि चार महिना छुट्याइएको छ । सवारीसाधनका लागि फ्लाइओभर बनेपछि ट्राफिक जाम कम हुन्छ । काठमाडौँ उपत्यकाका सडकमा यातायात व्यवस्थापनका लागि २० स्थानमा फ्लाइओभर निर्माण आवश्यक रहेको सडक विभागले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण