नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड नाफा कमायो
नबिल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकले यश वर्ष १७ करोड रूपैयाँ बढी नाफा कमाएको हो ।
तर, खुद नाफा बढ्दै गर्दा यता बैंकको वितरणयोग्य नाफामा भने गिरावट आएको छ ।
बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रूपैयाँमा संकुचित भएको छ । जुन अघिल्लो वर्षको भन्दा ३९ करोड रुपैयाँले कमी हो ।
यस्तै समीक्षा अवधिमा बैंकको ईपीएस पनि घटेको छ । गत पुस मसान्तसम्म २९.९९ रूपैयाँ रहेको प्रतिसेयर आम्दानी २३.५९ कायम भएको छ ।
यस्तै पीई रेसियो ४७.०६ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८४.२८ रूपैयाँ छ । बैंकले खुद ब्याज आम्दानी बढाएर ४ अर्ब २१ करोड पुर्याएको छ । बैंकको कस्ट अफ फन्ड, खराब कर्जा र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड ३.४४ प्रतिशतमा खुम्चिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण