इलामका उच्च पहाडी क्षेत्रमा हिमपात
जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनः हिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै तलसम्म हिमपात भएको छ । यस्तै राति जिल्लाका अधिकांश स्थानमा पानीसमेत परेको छ ।
उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमुकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । यसबाट बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी, गैरीबास इलाम नगरपालिकाको पाटेनागी लगायतका स्थानमासमेत वर्षासहित हिमपात भएको छ ।
हिमपातका जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि चिसो बढेको छ । हिउँ परेको स्थानका स्थानीयलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको स्थानीयवासी दिनेश ढकालको भनाइ छ ।
उनका अनुसार वर्षासहितको चिसोले घर बाहिरको काम गर्नसमेत समस्या भएको छ । तर जाडो बढे पनि पटकपटकको हिमपात र वर्षाले किसानलाई भने राहत मिलेको छ । यस सिजनमा वर्षा हुँदा उब्जनी बढ्ने किसानको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण