पत्रपत्रिका
सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित
शनिबार, ०८ माघ २०७८, ०६ : ३१
मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै कोरोना संक्रमणको हट स्पट बनेको छ । सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये ४० प्रतिशत कोरोना संक्रमित भएको एक सरकारी निकायको अनुमान छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशतमा कोरोना संक्रमण भएको अनुमान गरिएको बताए । पीसीआर गरेका कर्मचारीको रिपोर्टका आधारमा यो अनुमान गरिएको उनको भनाइ छ । पीसीआर नगरेका कर्मचारीसमेत जोड्दा आधाजति कर्मचारीमा कोरोना संक्रमण भएको हुन सक्ने उनको भनाइ छ ।
सिंहदरबारभित्र करिब ५ हजार कर्मचारी कार्यरत छन् । त्यहाँ प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालय छन् । त्यसै गरी राष्ट्रिय योजना आयोय, वित्त आयोग, नेपाल टेलिभिजन लगायत करिब ३० वटा कार्यालय छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण