बाबुराम र हिट्लर दाजुभाइ : बाँस्कोटा
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र फासीवादी हिट्लर दाजुभाइ भएको टिप्पणी गरेका छन् । भट्टराईले नेकपा एमालेलाई फासीवादी तत्त्व भएको आरोप लगाएपछि जवाफमा बाँस्कोटाले सो कुरा बताएका हुन् ।
पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको जिकिर गरेका थिए।
जवाफमा बाँस्कोटाले लेखेका छन् : हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने,चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।
अझ थप्छु-सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाइ हुन। रेनुको राजीनामा रोक्न सार्वजनिक धम्की दिनु आवश्यक छैन। विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लिदैन।
हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउदै जलाएर मार्ने,चितवनमा चार बर्षिया वालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले वारम्वार एमालेलाई हिटलरसंग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।
— Gokul Prasad Baskota (@GokulPBaskota) January 22, 2022
अझ थप्छु-सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाई हुन।रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवस्यक छैन।विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन।
— Gokul Prasad Baskota (@GokulPBaskota) January 22, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण