हिउँमा खेल्दै पाथीभराको दर्शन, तीर्थयात्रीको आवतजावत बढ्यो
ताप्लेजुङको सदरमुकाम नजिक पाथीभरा र सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ । बिहीबारदेखि सुरु भएको वर्षासँगै तीन हजार ७०० मिटरमा अवस्थित पाथीभरा र २४ सय सय मिटर उचाई रहेको सुकेटार क्षेत्रमा बाक्लो हिमपात भएको हो ।
प्रसिद्ध धार्मिक स्थल पाथीभरा र पर्यटकीय क्षेत्रको रुपमा रहेको सुकेटार क्षेत्रमा धेरै वर्षपछि हिमपात भएको स्थानीयले बताएका छन् । पाथीभरा क्षेत्रमा हिमपात भएसँगै हिउँमा खेल्दै पाथीभराको मन्दिरको दर्शन गर्ने तीर्थयात्रीहरुको संख्या बढ्दै गएको छ । विहीबार ६० जना, शुक्रबार ५० जना तीर्थयात्रीले हिउँमा खेल्दै पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । शनिबार करिब २०० जना तीर्थयात्रीहरु आएको समितिले जनाएको छ ।
यता फुङलिङबजार नजिक सुकेटारमा हिउँ परेसँगै शुक्रबार र शनिवार हिउँ खेल्नेको भीड लागेको छ । ताप्लेजुङका आएको समयमा सुकेटार क्षेत्रमै हिउँ खेल्ने अवसर पाउँदा खुसी लागेको धरानका सन्दीप लिम्बूले बताए । हिमपातको समयमा पाथीभरा मन्दिरको दर्शनसँगै प्राकृतिक मनमोहक दृश्यको अवलोकन समेत गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताए ।
‘पुस महिनादेखि फागुनसम्म पाथीभरा क्षेत्रमा हिउँको आनन्द लिँदै पाथीभरा माताको दर्शन गर्न सकिन्छ । तीर्थ यात्रीहरूका लागि क्षेत्र विकास समितिले सहयोगी कर्मचारीहरुले सहयोग गर्ने छ । हिमापातको समयमा हिउँमा खेल्दै पाथीभरामा पूजापाठ गर्ने आउने तीर्थयात्रीहरुको संख्या बढ्दै गएको काफ्लेको भनाइ छ ।
यता जिल्लाको उच्च हिमाली क्षेत्रमा धेरै बाक्लो हिमपात भएको छ । हिमाली बस्ती ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, तोक्पेगोला, ग्याब्ला लगायतमा दुई फिट बढी हिउँ थुप्रिएको स्थानीयले बताएका छन् । हिमपात र वर्षा भएपछि चिसोका कारण भने जिल्लाको जनजीवन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए
-
राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्नु हुँदैन : एमाले सांसद कँडेल
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण