भक्तपुरको चाँगुनारायणमा पूर्व सैनिक मृत भेटिए
आइतबार, ०९ माघ २०७८, १० : २७
भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोटमा ३५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका घर भई दुवाकोटमा बस्ने मोहन बस्नेत आइतबार बिहान झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
बस्नेत आफू बस्दै आएको टहरामा फलामको पाइपमा नाम्लोको पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेले रातोपाटीलाई बताए । उनी पूर्व सैनिक हुन् । बस्नेतले केही महिनाअघि सेनाबाट अवकाश पाएका थिए । २०५९ मा सेनामा भर्ना भएका उनले युद्धमा खुट्टा गुमाएका थिए । बस्नेतका परिवार भक्तपुरमा तरकारी खेती गर्छन् ।
उनको शव पोष्टमार्टमका लागी अस्पतालमा लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण