शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेटफ्लिक्सको सब्सक्राइबर २२ करोड बढी पुग्यो

आइतबार, ०९ माघ २०७८, १५ : ५५
आइतबार, ०९ माघ २०७८

ओटीटी प्ल्याटफर्ममा नेटफ्लिक्सको लोकप्रियता बढ्दो छ । नेटफ्लिक्सले सन् २०२१ को अन्त्यसममा २२.१८ करोड पेड सक्सक्राइबर जोडेको छ । योसँगै प्ल्याटफर्मको आम्दानी २८.७ अर्ब लडर पुगेको छ । सन् २०२० मा नेटफ्लिक्सको विश्वभर १९.२९ करोड सब्सक्राइबर रहेका थिए ।

नेटफ्लिक्सले २०२१ को अन्तिम चार महिनामा ८३ लाख नयाँ प्रयोगकर्ता थपेको थियो । यसका लागि मनी हाइस्ट, सेक्स एजुकेसन र स्क्वीड गेम्सले ठूलो भूमिका खेलेको बताइएको छ ।

भारतमा नेटफ्लिक्सको सब्सक्राइबर ५० लाखभन्दा बढी रहेको बताइएको छ । सन् २०२२ मा यो संख्या थप बृद्धि हुने आँकलन गरिएको छ । भारतीय दर्शकलाई बढाउन नेटफ्लिक्सले यसको मूल्यमा ६० प्रतिशतसम्म कम गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप