सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि, तर कहाँ छन् पत्तो छैन
सुदूरपश्चिमका चार जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भएको पुष्टि भएको छ । १६ दिनअघि गौरिफन्टा नाका हुँदै भारतबाट नेपाल आएका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव पठाइएकोमा मंगलबार मात्रै ओमिक्रोन पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका दुई, बझाङ र डोटीका एक÷एकजनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण सङ्क्रमण पुष्टि भएको हो । कार्कीका अनुसार कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पूर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो ।
चारैजनाको अहिले खोजी भइरहेको प्रवक्ता कार्कीले बताए । ‘गौरिफन्टा नाकामा १६ दिनअघि कोरोना पुष्टि भएका उनीहरूले होम आइसोलेसन रोजेपछि घर जान दिइएको थियो,’ उनले भने, ‘तर उनीहरू अहिले कुन अवस्थामा कहाँ छन् भन्ने यकिन छैन, स्थानीय तहको समन्वयमा खोजी कार्य भइरहेको छ ।’ – मोहन जोशी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
-
आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण