अस्ट्रेलियामा १६ देखि १७ वर्षका व्यक्तिलाई पनि बुस्टर डोज दिने तयारी
शुक्रबार, १४ माघ २०७८, ०७ : ३०
अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढिरहेका बेला थेरापेउटिक गुड्स एडमिनिस्ट्रेसन ९टीजीए० ले १६ देखि १७ वर्षका व्यक्तिलाई फाइजरको बुस्टर डोजका लागि अनुमति दिएको हो ।
अमेरिका, इजरायल र बेलायतले पनि सो उमेर समूहका व्यक्तिलाई बुस्टर डोज दिइरहेका छन् ।
विश्वमा कोभिडविरुद्ध खोप लगाउने देशहरुको सूचीमा अस्ट्रेलिया अग्रपंक्तिमा पर्छ । अहिलेसम्म ९३ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् भने १८ वर्षमाथिका ३५ प्रतिशले बुस्टर डोज लगाएका छन् ।
सरकारले यसै महिनाको सुरुदेखि पाँचदेखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण