कविता : गन्तव्य
कसैलाई ठूलै ठाउँको होला
कसैलाई सानै ठाउँको
कुनै त कुनै गन्तव्य साँधेर
हिँडिरहेछन् संसारका प्राणीहरु
आ–आफ्नो पेट पाल्न
आ–आफ्नो संसार बनाउन ।
अस्ति भर्खर त हो नि
बाटैमा भेट भएकोथ्यो
ऊ अन्तै हिँडेको, म अन्तै
समय र पैसाको रफ्तारमा
म जस्तै हिँडिरहने मेरो साथी
खुसी लाग्यो, एकछिनको भेटमा
तर प्लेन छुट्न लागेको भन्दै ऊ
बिदा भएर हत्त र पत्त लाग्यो
जता जानुपर्ने थियो त्यतै
आफ्नै गन्तव्यतिर ।
घर पुगेकै रात
मीठो सपना देख्न थाल्दा थाल्दै
हिजो भर्खर भोट माग्न आएथे
एक हुल मानिसहरु
फलानोलाई जिताऊ भन्दै
गन्तव्य ठूलै बोकी
मन्त्री अनि प्रधानमन्त्रीको
आफ्नै राष्ट्रमा रोजगारी
सिर्जना गर्छन् कि जस्तो गरी ।
घरि घरि त यस्तो लाग्छ
बरू हवाइजहाज नभएको भए
मोटर र रेलगाडी नभएको भए
मानिस रमाइरहन्थ्यो आफ्नै ठाउँमा
आफ्नै वेशभूषामा सजिएर
आफ्नै भाषा र रहनसहनमा
गन्तव्यलाई छोटो र नजिक पारेर
सानो परिधिमा मात्र सीमित राखेर
तराई, पहाड र हिमालभित्रै
आफन्तहरुको वरपर
आफ्नै देशको हावापानीमा ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण