सत्ता गठबन्धनकाे बैठक सुरु : स्थानीय तहको निर्वाचनबारे निर्णय गर्ने
स्थानीय तहको निर्वाचनबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको थिएन ।
वैशाख वा जेठमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने गरी शीर्ष नेताहरूमा सहमति जुटिसकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो । स्रोतका अनुसार जेठमा स्थानीय तहको कार्यकाल सके लगत्तै चुनावको मिति तय गर्ने तयारी गरिएको छ । गठबन्धनमा मितिबारे सहमति जुटेपछि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।
यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो दिएकी छन् । उनले प्रधानमन्त्री देउवासँग छलफल गरेर समयमै निर्वाचनको मिति घोषणा गर्न दबाब दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


