कर्णाली प्रदेशसभाले चौथो बार्षिकोत्सव मनाउँदै
कर्णाली प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाउँदै छ । माघ २१ गते स्थापना दिवस मनाउने भएपनि सोमबार देखिनै विविध कार्यक्रमहरु सञ्चालन गरिने सभामुख राजबहादुर शाहीले बताए ।
सोमबारदेखि प्रदेशसभा परिसरको सरसफाई गर्ने कार्यक्रम रहेको छ भने माघ १८ गते खेलकुद गतिविधि गरिनेछ ।
यस्तै युवाहरूसँग प्रदेशसभा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पनि सभामुख शाहीले बताए । माघ २० गते टुर कार्यक्रमको आयोजना गरिने भएको छ । सोही दिन वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिने भएको छ । प्रतियोगिताका लागि ‘म प्रदेश सभाको सदस्य भएँ भने’ शीर्षक राखिएको छ ।
वक्तृत्वकलामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजारसहित प्रमाण–पत्र दिइने जनाइएको छ । माघ २१ गते बिहान भने ११ बजेदेखि औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण, स्मारिका विमोचन र जलपान कार्यक्रम गर्ने कार्यतालिका रहेको छ ।
यस्तै प्रदेशसभाले खुल्ला संसदको अभ्यास पनि गर्ने भएको छ । अबदेखि हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि प्रदेशसभा खुल्ला राखिने भएको हो । सभामुख शाहीका अनुसार हरेक महिनाको १५ र २९ गते संसद खुल्ला हुनेछ ।
प्रदेशसभाभित्र के कस्तो छ भन्ने विषयमा आम नागरिकलाई जानकारी होस् र अवलोकन गर्न पाउन भन्ने उद्देश्यसहित खुल्ला संसदको अभ्यास थालिएको हो । सभा भित्रका सबै कुराहरूको विषयमा जानकारी दिएर घुमाउने कर्मचारीको समेत व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ