रुकुमपूर्वमा हिमपात, पहाडी लोकमार्ग अवरुद्ध
रुकुमपूर्वको माथिल्लो भेगमा पुनः हिमपात भएकाको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो हिमाली र लेकाली भेगमा बाग्लो हिमपातका कारण त्यहाँको जनजिवन कष्टकर बनेको त्यहाँका जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठले बताए । हिमपातका कारण लामो दुरीका यातायात चल्नेमध्ये पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
डीएसपी श्रेष्ठले भने, ‘फाटफुट आन्तरिक सवारी साधन चले पनि चिसोका कारण मानिसहरु बाहिर निस्कीन सकेका छैनन् ।’ यस वर्ष हाल सम्मको चिसो मौसममा हिमपात भएको सातौं पटक हो । हिमपात र चिसोका कारण विभिन्न वडाका विकास निर्माणका कामहरु ठप्प भएका छन् । हिमपात भएको माथिल्लो भेगमा टेलिफोन सेवा समेतअवरुद्ध भएको र हिजो साँझदेखि विद्युत सेवा समेत अवरुद्ध हुँदा जनजिवन थप कष्टकर बनेको डिएसपी श्रेष्ठको भनाई छ ।
त्यस्तै लुम्बिनी प्रदेशका पहाडी जिल्ला रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पामा गए रातिदेखि सिमसिमे पानी परिरहेको छ भने कुइरो र हुस्सुका कारण अधिकांश स्थान दिउँसै अँध्यारो बनेको छ । गुल्मीको रेसुङ्गा लेक लगायत उच्च पाहडी स्थानमा हिउँ परेर तल्लो भेगका बासिन्दासमेत चिसोले घरबाट बाहिर निस्कीन सकेका छैनन् । बिहीबारदेखि गुल्मीमा विद्युत्मा समस्या आएको छ । त्यस्तै यस प्रदेशका तराईका जिल्लाहरु बर्दिया , बाँके , दाङ्ग, कपिलवस्तु , रुपन्देही र नवलपरासीमा पनि सितलहरले जनजिवन कष्टकर बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण