शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुमपूर्वमा हिमपात, पहाडी लोकमार्ग अवरुद्ध

शुक्रबार, २१ माघ २०७८, १० : १९
शुक्रबार, २१ माघ २०७८


रुकुमपूर्वको माथिल्लो भेगमा पुनः हिमपात भएकाको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो हिमाली र लेकाली भेगमा बाग्लो हिमपातका कारण त्यहाँको जनजिवन कष्टकर बनेको  त्यहाँका जिल्ला प्रहरी प्रमुख  डिएसपी गणेश श्रेष्ठले बताए । हिमपातका कारण लामो दुरीका यातायात चल्नेमध्ये पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

डीएसपी श्रेष्ठले भने, ‘फाटफुट आन्तरिक सवारी साधन चले पनि  चिसोका कारण मानिसहरु बाहिर निस्कीन सकेका छैनन् ।’  यस वर्ष  हाल सम्मको चिसो मौसममा हिमपात भएको सातौं पटक हो ।  हिमपात र चिसोका कारण विभिन्न वडाका विकास निर्माणका कामहरु ठप्प भएका छन् । हिमपात भएको माथिल्लो भेगमा टेलिफोन सेवा समेतअवरुद्ध भएको र हिजो साँझदेखि विद्युत सेवा समेत अवरुद्ध हुँदा जनजिवन थप कष्टकर बनेको डिएसपी श्रेष्ठको भनाई छ ।

त्यस्तै लुम्बिनी प्रदेशका पहाडी जिल्ला रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पामा गए रातिदेखि सिमसिमे पानी परिरहेको छ भने कुइरो र हुस्सुका कारण अधिकांश स्थान दिउँसै अँध्यारो बनेको छ । गुल्मीको रेसुङ्गा लेक लगायत उच्च पाहडी स्थानमा हिउँ परेर तल्लो भेगका बासिन्दासमेत चिसोले घरबाट बाहिर निस्कीन सकेका छैनन् । बिहीबारदेखि गुल्मीमा विद्युत्मा समस्या आएको छ । त्यस्तै यस प्रदेशका तराईका जिल्लाहरु बर्दिया , बाँके , दाङ्ग, कपिलवस्तु , रुपन्देही र नवलपरासीमा पनि सितलहरले जनजिवन कष्टकर बनेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप