महासचिवका दावेदार वर्षमान र जनार्दनलाई कोरोना संक्रमण
नेकपा माओवादी केन्द्रको महासचिवका दावेदार दुईजना नेतालाई कोरोना संक्रमण भएको छ । महासचिवमा दावेदारी गर्दै आएका नेता वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण भएको हो । पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन आइसोलेसनमा छन् ।
त्यस्तै, महासचिवका अर्का दावेदार जनार्दन शर्मा प्रभाकरलाई पनि कोरोना संक्रमण भएको छ । सरकारका अर्थमन्त्री समेत रहेका शर्मा पाँच दिन अघि गरेको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनी मन्त्री क्वार्टरमा आइसोलेसनमा बसेका छन् । त्यस्तै माओवादीका अर्का नेता गिरिराजमणि पोखरेल पनि केही दिनयता कोरोनाबाट संक्रमित भएका छन् ।
नेकपा माओवादीले पदाधिकारी चयन गर्न आगामी माघ २७ केन्द्रीय समिति बैठक बोलाएको छ । नेताहरुमा कोरोना संक्रमण देखिन थालेपछि उक्त बैठक अन्योलमा परेको एक नेताले जानकारी दिए । नेकपा माओवादी केन्द्रका कार्यालय सचिव समेत रहेका केन्द्रीय सदस्य श्रीराम ढकालले बैठकको तयारी भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण