नेपालमा ७० प्रतिशतले लगाए कोभिड-१९ विरुद्धको खोप, अमेरिकाले दियो बधाई
अमेरिकाले ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक सूचना जारी गर्दै नेपालको वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोभिड १९ विरुद्धको खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको हो ।
अमेरिका महामारीको शुरुवातदेखि नै नेपालको कोभिड १९ प्रतिकार्यको निरन्तर सहयोगी रहेको बताउँदै अहिलसम्म २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सन सहयोग उपलव्ध गराएको दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ : ‘अमेरिकाले नेपाललाई २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सिन समेत झन्डै १२० मिलियन डलरभन्दा बढिको आर्थिक, सामग्री, तथा सेवा सहायता उपलब्ध गराइसकेको छ। नेपालीहरू भाईरसलाई परास्त गर्नेतर्फ सफल हुँदै गएकोमा हामी हर्षित छौं।’
यसअघि विश्व स्वास्थ्य संगठनले पनि ७० प्रतिशत वयस्कहरुले कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण