विपन्न युवालाई करोडौ राजश्व छलीको मुद्दा, फसाउनेलाई उन्मुक्ति
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ लागर्चेका विपन्न युवालाई करोडौको राजश्व छलीको मुद्दा लागेको छ । तर राजश्व छलीमा फसाउने र राजश्व नतिर्ने ठगहरूले उन्मुक्ति पाएका छन् ।
सिन्धुपाल्चोक लागर्चेका युवाहरूले जागिर र पाँच हजार रुपैयाँको प्रलोभनमा पाँच वर्षअघि अन्जान व्यक्तिलाई आफ्नो नागरिकता दिनुका साथै बैंक खाता खोल्ने र नपढी कागजमा हस्ताक्षर गरेका थिए । पाँच वर्षपछि अदालतले ‘तिम्रो नाममा खोलिएको कम्पनीले १२ करोड राजश्व छली गरेको’ भन्दै भुक्तानीको लागि पत्र काटेपछि २४ वर्षका पुरुषोत्तम धिताल राजश्व छली मुद्दामा कहिले पक्राउ पर्ने त्रासमा छन् ।
धितालसँगै लागर्चे गाउँँका दीपक अधिकारी र दीपक भुजेलको नाममा पनि राजस्व अनुसन्धान विभागले उस्तै व्यहोराको पत्र पठाएको छ । राजस्वले काटेको पत्रमा उनीहरुकोे नामक कम्पनी दर्ता भएर कारोबार भएको छ । तर यी युवाहरू गाउँमा सामान्य मजदुरी गरेर बसिरहेका छन्, कोही काठमाडौं जागिर गर्दै छन्, कोही रोजगारीको लागि विदेशमा छन् ।
सम्पर्कमा आएका १३ जना युवाले गाउँकै युवराज खड्कामार्फत पैसा पाइने लोभमा लक्ष्मण यादवलाई नागरिकता बुझाएको बताएका छन् । राजश्व छलीमा परेपछि राजन भुजेलको दुई वर्षदेखि काम गरेको तलब खातामा रोकिएको छ ।

अदालतका कर्मचारीले उनीहरुको नाममा दर्ता भएको कम्पनीले झन्डै १२ करोड रुपैयाँको कर छलेको र मुद्दा सुरु भएपछि धरौटीमा छुट्दा पनि कम्तीमा २० लाख रुपैयाँ लाग्न सक्ने बताए ।
गाउँका सोझा साझा युवालाई राजश्व छलीको आरोपमा फसाउने लक्ष्मण राय यादव यसअघि किर्ते मुद्दामा तीन वर्ष सजाय पाएका व्यक्ति हुन् । यादव जस्ता व्यक्तिहरुले कम लेखपढ भएका र जागिरको खोजीमा रहेका युवाहरूका नाममा कम्पनी खडा गरी राजश्व छली गरी कानुनी झमेलामा पारेका छन् ।
गाउँका युवाका नाममा कसैले कम्पनी खोलेर करोडौंको राजस्व छली भएको भन्ने घटनाबारे जानकार रहेको लागर्चेका वडाध्यक्ष विष्णु खड्काले बताए । मेलम्ची बजारबाट करिब १२ किलोमिटर उत्तरमा रहेको लागर्चेका युवाहरू ठगको जालोमा परेर राजश्व छलीको अभियोग मुद्दामा फसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण