तत्काल कर्मचारीलाई सम्पति विवरण बुझाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
आइतबार, २३ माघ २०७८, ११ : १०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीलाई सम्पतिविवरण बुझाउन पुनः तोकता गरेको छ । मन्त्रालयले विभाग, प्रतिष्ठान, केन्द्रहरु, अस्पताल र परिषद्हरुमा कार्यरत कर्मचारीहरु, निजामति बाहेकका अस्थायी, स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई पुनः सम्पतिविवरण बुझाउन ताकेता गरेको हो ।
०७८/०७९ को सम्पतिविवरण पटकपटक मौखिक र लिखित रुपमा बुझाउन अनुरोध गर्दा समेत प्राप्त नभएकाले राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा प्रतिवेदन पठाउन वाधा परेकाले ०२३ गतेसम्म अनिवार्य रुपमा मन्त्रालयको आन्तरिक प्रशासन शाखाले प्राप्त गर्ने (email–id–admin@mohp–gov.np) मा इमेल गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की
-
प्रतिनिधिसभा बैठक मङ्गलबारसम्म स्थगित
-
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु
-
साविक उपविजेता मोक्षदालाई हराउँदै गेटवे फाइनलमा, डीएभी सुशिल केडियासँग उपाधि भिडन्त
-
स्थानीय तहका ५ अस्पताललाई स्तरोन्नति गर्दै बागमती सरकार
-
उट्पट्याङ कुरा नगरी माओवादीलाई साथ दिन मेयर हर्क साम्पाङलाई प्रचण्डको आग्रह