गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताएका छन् । पोखरामा काँग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटनमा पौडेलले काँग्रेससँग ३० प्रतिशत मात्र मत भएको बताए ।
काँग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाँउमा गएमा के हुन्छ भन्नेमा पौडेलको प्रश्न छ ।
उनले संविधानमा नै अनुसार पनि कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविष्यमा सरकार बनाउने शक्तिहरुले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन । त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसँग गठबन्धन गर्नैपर्छ । गठबन्धनको संस्कृतिको विकास गर्न आवश्यक छ ।’
राष्ट्रियसभा गठबन्धन मिल्दा ६ जना सदस्य पाएको उपलब्धि हो कि होइन भन्दै पौडेलले गठबन्धन गर्न हुँदैन भन्नेहरूलाई प्रश्न गरे । यस्तै पौडेलले मुलुकलाई असफल हुनबाट रोक्न प्रधानमन्त्री, गठबन्धनका नेताहरु र प्रमुख विपक्षी दलका नेता केपी ओलीलाई समेत आफूले आग्रह गरेको बताए ।
उनले केपी ओलीलाई भनेको उल्लेख गर्दै भने– ‘मुलुक असफलतातर्फ जाँदैछ । हाम्रो पुस्ता नै असफल सावित हुँदैछ । सरकारले कानुन पास गर्न नसक्ने अवस्था आउने, संसद चल्नै नदिने र अदालत पनि उस्तै अन्यौल बनाउ हो ?’
पौडेलले माधव नेपाल र प्रचण्डले एमसीसीबारे भ्रम छरेको बताए । पौडेलले भने– ‘मैले गठबन्धनको बैठकमा नै भने, एमसीसीका बारेमा आम जनतालाई कन्भिन्स गराउनुभयो । अब मलाई कन्भिन्स गराउनुस्, होइन भने कार्यान्वयनमा लैजाउ । मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो । ठूलो विकास आयोजना ठप्प छन् । यसले पनि मुलुक असफलतातर्फ धकेलिन्छ ।’
यस्तै उनले आगामी चुनावमा जनतालाई आशा जगाउने सन्देश दिने बारेमा नेतृत्वले सोच्नुपर्ने बताएका छन् । १४ औं महाधिवेशनपछि आफू पार्टीका उत्तर दिने ठाँउमा नभएको भन्दै पार्टीका पदाधिकारीहरुले चुनावमा जानुअघि जनतालाई आशा जगाउने सन्देश दिने बारेमा सोच्नुपर्ने बताए ।
पौडेलले भने, ‘काँग्रेसका अगाडि ठूलो चुनौतीको पहाड छ । अबको चुनौतीको पहाड भनेको आगामी चुनाव हो । ती चुनावमा जनतामा कसरी आशा जगाउने यो बारेमा पदाधिकारीहरुले सोच्न जरुरी छ ।’
पौडेलले पार्टीभित्रको गुटबन्दीलाई अन्तर्घातमा पुर्याउन नहुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण