गोकुल बाँस्कोटाको कटाक्ष : ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ !
सोमबार, २४ माघ २०७८, ०८ : ५३
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमसीसीको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ढुलमुले चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् । उनले प्रचण्डको बोलीमा ठेगान नभएको सङ्केत गर्दै कटाक्ष गरेका छन् ।
‘प्रचण्डले यूटर्न लिएको देख्न हप्ता दिन लाग्ला कि त्यो भन्दा अगावै देखिएला ?’, उनले कटाक्ष गरेका छन्, ‘परराष्ट्र मामिलाका धुरन्धर ज्ञाताहरूले ज्ञान फिट्न परो ।’ विगतमा एमाले अध्यक्ष ओलीले परराष्ट्र सम्बन्ध ध्वस्त पारेको आरोप लगाउनेहरूलाई पनि उनले व्यङ्ग्य गरेका छन् । ‘ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ’, उनको कटाक्ष छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले एमसीसी अमेरिकालाई पत्र लेखेपछि राजनीति तरङ्गित बनेको छ । यही बीचमा प्रचण्डको सचिवालयले पत्रकार स्पष्टीकरण समेत दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण