विदेशस्थित नेपाली राजदूतावासबाट पहिलोपटक विद्युतीय राहदानी जारी
विदेशस्थित नेपाली राजदूतावासबाट पहिलो पटक विद्युतीय राहदानी (पासपोर्ट) जारी भएको छ । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरिएको हो । यो नै विदेशस्थित राजदूतावासबाट गरिएको पहिलो सफल परीक्षण हो ।
योसँगै आजबाट विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ समेत खुला गरेको छ । यद्यपि, सुरुको एक हप्ताका लागि सीमित मात्रामा बुकिङ खुल्ला गरिएको राजदूतावासले जानकारी दिएको छ ।
यस्तै, अन्य खाडी मुलुकहरु र मलेशियामा रहेका नेपाली नियोगहरूमा समेत विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको विभागले जनाएको छ । उक्त सामानहरु जडान हुनासाथ केही दिन भित्रै विद्युतीय राहदानीको सेवा अन्य मुलुकहरुमा समेत सुरु हुने विभागको भनाइ छ।
यी बाहेका अन्य अमेरिकी तथा युरोपेली मुलुकहरुमा समेत रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको विभागले जानकारी दिएको छ । नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट शुरु भइ सकेको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य गरी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण