निर्मल निवासले राप्रपालाई राजसंस्था पुनःस्थापना गर्ने भजनमण्डली बनाउन खोज्यो : कमल थापा
राप्रपाका पूर्वअध्यक्ष कमल थापाले निर्मल निवासले पार्टीलाई नितान्त राजसंस्था पुनःस्थापना गर्ने भजन मण्डली बनाउने प्रयास गरेको आरोप लगाएका छन् । उनले निर्मल निवासले पार्टीको निर्वाचनमा गरेको हस्तक्षेपको उद्देश्य यही भएको जिकिर गरे ।
सोमबार राजधानीमा आयोजित आफू निकटको भेलालाई सम्बोधन गर्दै थापाले निर्मल निवासले आफूलाई हराएर राजेन्द्र लिङ्देनलाई जिताउने काम मात्रै गरेको नभइ धेरै प्रश्नहरु पनि जन्मिएको बताए । ‘हामीले परिकल्पना गरेको राजसंस्थाले अरु पार्टीलाई हस्तक्षेप गर्दैन । तर निर्मल निवासको हस्तक्षेपको प्रयोजन के हो ? केन्द्रीय नेतृत्वले सही ढंगले विश्लेषण गर्न सकेन भने त्यो दुर्भात्यपूर्ण हुन्छ’, उनले भने, ‘राजसंस्था मान्ने पार्टीलाई त यो हिसावले हस्तक्षेप हुन्छ भने राजसंस्था पुनःस्थापित भएको खण्डमा अन्य दललाई कस्तो हस्तक्षेप होला ?’
थापाले आफूले निर्मल निवासको हस्तक्षेपबारे छानबिनका लागि माग गरेको भएपनि अध्यक्ष राजेन्द्र लिङ्देनले छलफल गराउन नचाहेको गुनासो गरे । थापाले आफूहरुको माग सम्बोधनका लागि अब धेरै समय प्रतिक्षा गरेर बस्न नसकिने बताए ।
‘पार्टी दुर्घटनातर्फ उन्मुख हुँदै गएको छ, कार्यकर्ताहरूमा विचलन देखा पर्न लागेको, यही अवस्थामा स्थानीय चुनाव आइराखेको अवस्थामा अब हामीले यसको निकास नखोज्ने हो भने निरीह भएर यो सबै घटनाक्रमको साक्षी भएर बस्न सकिँदैन’, उनले भने, ‘यो कुनै व्यक्ति विशेषको पार्टी होइन । पार्टीलाई यहाँसम्म ल्याउन सबैको योगदान छ । सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गर्नुअघि नै हामीले उठाएको विषयमा यदि निराकरण हुँदैन र समाधान खोज्ने प्रयास हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुन्छौँ ।’ दुई दिनअघि लिङ्देनसँग वार्ता भएको बताउँदै थापाले उनले भेटमा पहिला झै सद्भाव देखाएको र भावुक बनेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण