सुजुकीले सुरु गर्यो ‘वर्कसप अन ह्वील' सेवा
सुजुकी मोटर्सले वर्कसप अन ह्वील सेवा सुभारम्भ गरेको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजीे होल्डिन्ग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले हालै मात्र ग्राहकको घर दैलो गाडी मर्मत कार्यक्रम ‘वर्कसप अन ह्वील’ सेवा सुरु गरेको हो ।
स्मार्ट वो वर्कसपको नयाँ अबधारणामा कार्यक्रम सञ्जालन गरेको कम्पनीले सो सुविधाबाट ग्राहकले आफनो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्ने जनाएको छ । कम्पनीका अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धि कार्यहरु समेत गर्ने छन् ।
‘यो नयाँ पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउदा हामी हर्षित छौ । यो चार पांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो, जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ’ सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्याम श्रेष्ठले भने, ‘यो सुबिधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधालाई समेत विशेष सहयोग पुग्नेछ ।
वर्कसप अन ह्वीलका मुख्य विशेषताहरु,
- कम्पनीका अनुभवि तथा तालिमप्राप्त कर्मचारीबाट वर्कसप सेवा दिने,
- उच्च प्रविधिमा आधारित मेसिनबाट छिटो र प्रभावकारी सेवा प्रदान हुने
- सुलभ स्पेयर पार्टसहरुको उपलब्धता
- गाडीको भित्री टेक्निकल पार्टसको समेत मर्म गरिने
- सबै खालका सुजुकी गाडीहरुको मर्मत हुने
यो सेवा हाल काठमाडौँ , पोखरा, भैरहवा र नारायणघाटमा उपलब्द रहेको र चाडै नेपालका सम्पूर्ण प्रमुख सहरमा उपलब्ध गराइने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण