स्वीडेनद्वारा महामारी अन्त्य भएको घोषणा
स्वीडेनले बुधबार बाँकी रहेका कोभिड–१९ महामारीका सबै प्रतिबन्धहरू खारेज गर्नुका साथै नि:शुल्क कोरोना परीक्षणलाई बन्द गरेको छ । स्वास्थ्य सेवामा चाप उच्च रहनुका साथै वैज्ञानिकहरूले महामारीको लडाइँमा थप धैर्य आवश्यक रहेको बताइरहँदा स्वीडेनले यस्तो निर्णय लिएको हो ।
महामारीभर लकडाउनको विपक्षमा उभिएको स्वीडेनको सरकारले गत हप्ता बाँकी रहेका प्रतिबन्धहरू पनि हटाउने बताउँदै महामारी अन्त्य भएको घोषणा गरेको थियो । खोप र कम घातक भनिएको ओमिक्रोन भेरियन्टले गम्भीर बिरामी र मृत्यु दरलाई कम गरेपछि स्वीडेनले यस्तो निर्णय लिन लागेको बताएको थियो ।
‘यो महामारी, म भन्छु यो अन्त्य भएको छ,’ स्वास्थ्य मन्त्री लेना हालेन्ग्रेनले कोभिड–१९ समाजका लागि अब खतरा नरहेको बताउँदे भनिन्, ‘यो अन्त्य नै चाहिँ भएको छैन तर तीव्र परिवर्तन र प्रतिबन्धको मामिलामा भने यो अन्त्य भएको छ ।’
बुधबारबाट बार तथा रेस्टुरेन्टहरू ११ बजेपछि खुला राख्न पाइनेछ भने सेवाग्राहीको सङ्ख्यामा कुनै प्रतिबन्ध हुनेछैन । त्यस्तै, ठूला हलमा गरिने कार्यक्रममा पनि मानिसको सङ्ख्यामा लगाइएको पाबन्दी हटाइएको छ ।
यता स्वीडेनको अस्पतालमा भने २२ सय सङ्क्रमित उपचाररत छन् । यो महिनाको सुरुवातमा निःशुल्क कोरोना परीक्षण हटाएपछि स्वीडेनमा सङ्क्रमितको वास्तविक सङ्ख्या भन्न नसक्ने अवस्था छ । ‘हामीले केही समय अझै धैर्य देखाउनुपर्थ्यो,’ उमेया विश्वविद्यालयमा भाइरोलोजीकी प्राध्यापक, ‘फ्रेड्रिक एल्गले भने, ‘कम्तीमा केही हप्ता त हेर्नपर्थ्यो । हामी परीक्षण गर्न सक्ने आर्थिक हैसियत कै छौँ । यो रोग अझै पनि समाजका लागि ठूलो दबाब रहेको छ ।’
स्रोत : रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण