दुर्घटनामा एक जनाको मृत्यु
बिहीबार, २७ माघ २०७८, ११ : २४
रौतहटमा सवारी दुर्घटनामा परेर एक जना पुरुषको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको हो ।
बिहिबार विहान करिब साढे ४ बजेको समयमा गौर चन्द्रपुर सडक खण्डको जिन्गडिया चोक नजिकै पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट नाम थर, वतन नखुलेको अन्दाजी ५०–५२ वर्षका पुरुष घाइते भएका थिए । घाइते पुरुषको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी श्रीराम भण्डारी जानकारी दिएका छन् ।
मृतकलाई पोस्टमार्टमको लागि गौर अस्पतालमा पठाईएको डीएसपी भण्डारीले बताए । ठक्कर दिएर भागेको सवारी साधनको खोजतलास भइरहेको छ । साथै, मृतकको पहिचान गर्नको लागि प्रहरीले स्थानीयसँग सहयोगको अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण