दुर्घटनामा एक जनाको मृत्यु
बिहीबार, २७ माघ २०७८, ११ : २४
रौतहटमा सवारी दुर्घटनामा परेर एक जना पुरुषको मृत्यु भएको छ । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको हो ।
बिहिबार विहान करिब साढे ४ बजेको समयमा गौर चन्द्रपुर सडक खण्डको जिन्गडिया चोक नजिकै पहिचान नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट नाम थर, वतन नखुलेको अन्दाजी ५०–५२ वर्षका पुरुष घाइते भएका थिए । घाइते पुरुषको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी श्रीराम भण्डारी जानकारी दिएका छन् ।
मृतकलाई पोस्टमार्टमको लागि गौर अस्पतालमा पठाईएको डीएसपी भण्डारीले बताए । ठक्कर दिएर भागेको सवारी साधनको खोजतलास भइरहेको छ । साथै, मृतकको पहिचान गर्नको लागि प्रहरीले स्थानीयसँग सहयोगको अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक
-
प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर २ बजेका लागि सर्यो
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल
-
लम्बियो प्रतिनिधिसभा बैठक बस्ने समय
-
संसद् रङ्गमञ्च जस्तो भयो, बोल्न निषेध गर्न पाइँदैन : सीके राउत
-
राजाभन्दा धनी प्रधानमन्त्री छन् यस देशमा