चुनाव खर्च जुटाउन ठूलो दबाबमा छौं : अर्थमन्त्री
बिहीबार, २७ माघ २०७८, १५ : १९
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले स्थानीय तह निर्वाचन सम्पन्न गराउन माग भएको बजेट व्यवस्थापन गर्न दबाब परेको बताएका छन् । सरकारले आगामी बैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी चुनावको मिति तोकिसकेको छ ।
चालू आर्थिक वर्षको बजेटको अर्थ वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले चुनावका लागि बजेट व्यवस्थापन गर्न समस्या परेको बताएका हुन् ।
‘वार्षिक बजेटमा चुनावका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ, तर विभिन्न निकायबाट ५९ अर्ब रुपैयाँ माग भएको छ’ अर्थमन्त्रीले भने, ‘स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो दबाबमा छौं, दातालाई आग्रह गर्नेदेखि राजस्व वृद्धि गरेर जसरी हुन्छ खर्च जुटाउनुपर्ने बाध्यतामा छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण