विवादित गीतमा आफ्नो नाम राखेपछि अञ्जु पन्तले भनिन्, ‘गल्ती हुन्छ सच्चियो’
‘न बिर्सें तिमीलाई, नपाए तिमिलाई’ गीतको नयाँ भर्सनमा आफ्नो नाम राखिएपछि गायिका अञ्जु पन्तले गीतकार विपिन किरण लगायत टिमलाई धन्यवाद दिएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै मानिसबाट जान अन्जानमा कहिले काँही भुल हुने र यस्तै भुलबाट नै सुधार गर्दै र सिक्दै जाने समेत बताएकी छन् ।
‘विपिन भाइसँगको कुराकानीपछि सम्पूर्ण श्रोता दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरजिनल गायक गायिकाको नाम र गीतको लिङक समेत राख्नु भएको छ । यो तपाइको कदम प्रशंसनिय छ’ अञ्जुले अगाडि भनेकी छिन् ‘भविश्यमा हामी सबै मिलेर नेपाली गीतसंगीतको उन्नतिको लागि हातेमालो गर्नुपर्छ र गर्नेर्छौ ।’
गीतकार विपिनले गीतलाई रचना रिमालको स्वरमा रिरेकर्डिङ गरेर सार्वजनिक गरेपछि विवादमा तानिएको थियो । अञ्जुले रिरेकर्डिङ गीतमा स्वर दिने गायिका रचना रिमाललाई भने माया र आर्शिवाद दिएकी छन् ।
गीतको बिषयमा विवाद उत्पन्न भएपछि गायिका अञ्जु पन्तले फेसबुकमा स्टाटस लेख्दै दुखेसो समेत गरेकी थिइन् । उनले गरेको दुखेसोको जवाफमा श्रष्टा सुवास रेग्मीले जिन्दगी भर श्रस्टाको सम्पति माथि बुर्कुसी मार्न पाइन्न भनेर रोइलो गर्नै पर्दैन, कुरो बुझ्नु भयो भन्दै अञ्जुले गरेको गल्तीसमेत उल्लेख गरेर एक स्टाटस पोष्ट गरेका थिए ।
सुवासको पोष्टपछि गीतको विषयमा विवाद लम्बिने देखेर विपिनले रिरेकर्डिङ भर्सनमा ओरजिनल गायक गायिकाको नाम राखेर विवाद यहि टुङ्ग्याउने कोसिस गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

