अवैध काठ र मोटरसाइकलसहित ३ जना पक्राउ
रौतहटमा वन सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध काठ र एउटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का श्रीराम साह, बाबुराम श्रेष्ठ र वडा–५ का मनिष चौधरी छन् । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर बाट खटिगएको सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलिले छुट्टाछुट्टै स्थानबाट झन्डै ४५ क्युफिट सालको काठ र एउटा भारतीय नम्बरको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको हो ।
डिभिजन बन कार्यालयका प्रमुख डिएफओ अमरदेव यादवले बिआर ०५ ए ७८३१ नम्बरको मोटरसाइकलमा काठ लोड गरि गइरहेको अवस्थामा गएराति १० बजे जुडिबेलास्थित जंगलबाट श्रीराम र बाबुरामलाई पक्राउ गरेको बताए ।
त्यसैगरी बृन्दाबन क्षेत्रभित्र बनमा सालको गोलिया बनाईरहेको अवस्थामा मनिष चौधरी गएराति साढे १२ बजे पक्राउ परेका हुन् । मनिष चौधरीसंगै रहेका अन्य ५ जना भाग्न सफल भएको उनले बताए । बरामद काठ, मोटरसाइकल र तिनैजना तस्कर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण