सरुवा रोकेर ३ एसपीको काज, तराईको कमाण्ड गरेकालाई फेरि तराईकै जिम्मेवारी
प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका एसपीको काज सरुवा गरेको छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा नवराज अधिकारीलाई पठाइएको छ । महोत्तरीमा कृष्ण पङ्गेनी र बर्दियामा वीरेन्द्र शाहीलाई काज सरुवा गरिएको छ ।
१७ महिनादेखि एसपीको नियमित सरुवा हुन सकेको छैन । तर, प्रहरी प्रधान कार्यालयले नियमित सरुवा रोकेर काज सरुवा गरेको छ । चितवनमा कार्यरत ओम प्रसाद अधिकारीलाई अख्तियार, महोत्तरीमा कार्यरत दिनेश आचार्यलाई अपराध महाशाखा र बर्दियामा कार्यरत ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
महोत्तरीमा सरुवा गरिएका पङ्गेनीले यसअघि बारा जिल्लाको कमाण्ड गरेका थिए । बाराबाट फर्केको केही समय अपराध महाशाखामा बसेका पङ्गेनीलाई फेरि मधेस प्रदेशकै जिल्लामा पठाइएको छ । २०७७ असारबाट कपिलवस्तुमा एकवर्ष काम गरेर फर्केका नवराज अधिकारीलाई चितवन सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले तराईबाट फर्केकालाई तराइको जिल्लामा कमाण्ड नदिने आचारसंहिता बनाएका थिए । तर, शक्तिकेन्द्रमार्फत दबाब दिएर दुवै एसपीले आकर्षक जिल्लामा काज गराएका हुन् । बर्दियामा सरुवा भएका शाहीले एसपीमा बढुवा भएपछि जिल्ला कमाण्ड गर्ने अवसर पाएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण