सातामा १५ सयले बढ्यो सुनको मूल्य
शनिबार, २९ माघ २०७८, ११ : २७
यो साता सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले सुनको भाउ उकालो लागेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १५ सयले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।
यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेको छ । गत साताको शुक्रबार चाँदीको प्रतितोला मूल्य १२ सय ५० रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्ममा ३० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण