नवलपरासीमा मोटरसाइकल दुर्घटना, २ जनाको अवस्था गम्भीर
शनिबार नवलपरासी (पश्चिम) मा मोटरसाईकल दुर्घटनामा परेर दुई पुरुष गम्भीर घाइते भएका छने । जिल्लाको प्रतापपुर गाउँपालिका–७ स्र्यपुराको भित्रि सडकखण्डमा दुई मोटर साइकल एक आपसमा ठोक्किँदा सोही पालिका–६ डिवानीका अन्दाजी ३५ वर्षका राजेश केवट र सोही उमेर समूहका नाम ठेगाना खुल्न नसकेका पुरुष गम्भीर घाइते भएका हुन् ।
उक्त सडक खण्डमा युपी ५६ एएल १५१४ नम्वरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको लु २ प २०५४ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किँदा जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले दिएको जानकारी दिए ।
नेपाली नम्बर प्लेट भएका मोटरसाइकल चालक केवट र भारतीय नम्वर प्लेट भएका मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् । घाइते दुबैलाई शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा पुर्याएको थियो। अवस्था दुबैको गम्भीर भए पनि हुलिया खुल्न नसकेका एक जनाको सोही अस्पतालमा उपचार भई रहेको छ ।
केवटलाई भने अहिले साँझ भैरहवा मेडिकलमा थप उपचारका लागि पठाइएको डिएसपी शाहीले जानकारी दिए । दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनाको अनुहार र हात खुट्टामा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण