नवलपरासीमा मोटरसाइकल दुर्घटना, २ जनाको अवस्था गम्भीर

शनिबार नवलपरासी (पश्चिम) मा मोटरसाईकल दुर्घटनामा परेर दुई पुरुष गम्भीर घाइते भएका छने । जिल्लाको प्रतापपुर गाउँपालिका–७ स्र्यपुराको भित्रि सडकखण्डमा दुई मोटर साइकल एक आपसमा ठोक्किँदा सोही पालिका–६ डिवानीका अन्दाजी ३५ वर्षका राजेश केवट र सोही उमेर समूहका नाम ठेगाना खुल्न नसकेका पुरुष गम्भीर घाइते भएका हुन् ।
उक्त सडक खण्डमा युपी ५६ एएल १५१४ नम्वरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको लु २ प २०५४ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किँदा जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले दिएको जानकारी दिए ।
नेपाली नम्बर प्लेट भएका मोटरसाइकल चालक केवट र भारतीय नम्वर प्लेट भएका मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् । घाइते दुबैलाई शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा पुर्याएको थियो। अवस्था दुबैको गम्भीर भए पनि हुलिया खुल्न नसकेका एक जनाको सोही अस्पतालमा उपचार भई रहेको छ ।
केवटलाई भने अहिले साँझ भैरहवा मेडिकलमा थप उपचारका लागि पठाइएको डिएसपी शाहीले जानकारी दिए । दुबै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनाको अनुहार र हात खुट्टामा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख
-
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
-
नेपाली युवाले अष्ट्रेलियामा बनाए ‘ऋ प्रो’ एप
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित