शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी मनाइयो २७ औँ जनयुद्ध दिवस (फोटोफिचर)

आइतबार, ०१ फागुन २०७८, १० : १२
आइतबार, ०१ फागुन २०७८

नेकपा माओवादी केन्द्रले आइतबार २७ औँ जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, नेताहरु जनार्दन शर्मा, देवेन्द्र पौडेल लगायत नेता कार्यकर्तालगायतको सहभागिता रहेको थियो । सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शहीदको तस्बिरमा फूलमाला अर्पण गर्दै सम्मान प्रकट गरेका थिए ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । उक्त युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत टुंगिएको थियो । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर गरेर माओवादी शान्ति प्रक्रियामा आएको थियो । हेर्नुहोस् कार्यक्रमका तस्बिरहरु :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप