चोलेन्द्रको हटाइसकिएको फोटो फेरि सर्वोच्चले राख्यो
आइतबार, ०१ फागुन २०७८, २२ : ०४
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको फोटो वेबसाइटबाट हटाएकोमा फेरि राखेको छ । संसद सचिवालयमा ९८ सांसदले उनीविरुद्ध महाभियोग दर्ता गराएपछि उनको फोटो आइतबार दिउँसो वेबसाइटबाट हटाइएको थियो भने कामु प्रधानन्यायाधीश भनेर दीपककुमार कार्कीको नाम उल्लेख गरिएको थियो ।
तर आइतबार साँझ फेरि फोटो नाम प्रधानन्यायाधीशकै हैसियतमा राखिएको छ । दीपककुमारको नाम भने कामुकै हैसियतमा यथावत छ । जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन् ।
सर्वोच्चले जबराको फोटो किन हटायो र फेरि किन राख्यो भन्नेबारे केही जानकारी दिइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण