लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा आज भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । कपिलवस्तु, बर्दिया, रुपन्देही र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवारी दुर्घटनामा २, करेन्ट लागेर १ र डुबेर १ जनाको मृत्यु भएको हो ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–३ ववनीस्थित सडकमा लु.३२ प ४७८० नम्बरको मोटरसाइकल र प्रदेश २–०३–०२१ प ९६०२ नम्बर स्कुटर एक–आपसमा ठक्कर खाएर भएको दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका–८ बस्ने २५ वर्षीय नमु पौडेलको मृत्यु भएको छ ।
त्यस्तै बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–८ रम्बापुरस्थित सडकमा रोकी राखेको अनटेष्ट लेखिएको जेसिबीमा कर्णाली प्रदेश २ –००१ प २४६१ नम्बरको मोटरसाइकल ठक्कर खाएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका–९ घर भएका २३ वर्षीय धनबहादुर चौधरीको मृत्यु भएको छ । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता, रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने बाँकेमा डुबेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–३ हरैया बस्ने २६ वर्षीया चमेली थापाको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा पानी चलाउने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता, बाँकेको जानकी गाउँपालिका–४ मुनिजर पुरुवास्थित चाँद इँटा भट्टा नजिकै पानी जम्मा हुने खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । भारत पुरम्पुर घर भई सोही इँटा भट्टामा काम गर्ने जाहीद साहको १ वर्षीया छोरी सबिना साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण