बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साना २८ पार्टीले राष्ट्रिय मानव अधिकार आयोगमा बुझाए ज्ञापन पत्र (पूर्णपाठ)

सोमबार, ०२ फागुन २०७८, १६ : ४८
सोमबार, ०२ फागुन २०७८

विभिन्न साना २८ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा पार्टीकै चुनाव चिन्ह पाउने वातावरण बनाउन पहल गर्न आग्रह गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’को प्रतिनिधि मण्डलले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगर सहित उच्च अधिकारीहरूसँग भेट गरी ज्ञापन पत्र बुझाएको हो ।  

स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यवस्था विभेदकारी भएको र यसले नागरिक हक अधिकारको समेत उपेक्षा गरेको ठहर ज्ञापनपत्रमा गरिएको छ ।  

ज्ञापन पत्र बुझ्दै आयोगका अध्यक्ष मगरले सङ्घर्ष समितिले बुझाएको ज्ञापन पत्रको थप अध्ययन गरी आयोगको अधिकार क्षेत्रभित्र रहेर निर्वाचन आयोग र नेपाल सरकारलाई आवश्यक सिफारिस गर्ने बारेमा उपयुक्त निर्णय गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप