रेखाको विवाहको विषयमा पूर्वपति छविराजले भने- ‘उहाँको विवाहको खबरले खुसी लाग्यो’
सोमबार, ०२ फागुन २०७८, २० : १८
नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुसी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । छविले रातोपाटीसँगको कुराकानीमा भने, ‘मैले भर्खर समाचार हेरेर उनको विवाह थाहा पाए । उहाँले आफ्नो जीवन साथी चुन्नु भएछ, म एकदमै खुसी छु ।’
छविले रेखालाई वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिएका छन् । उनले भने, ‘मैले भर्खर विवाहको बधाई पनि दिए । हामी छुट्टिएको धेरै समय भैसकेको थियो । उहाँ एक्लै हुनुहुन्थ्यो । बल्ल जीवन साथी पाउनुभयो ।’
विवाहपछि रेखाको जीवन अझ सहज हुने छविले विश्वास व्यक्त गरे ।
आइतबार नायिका थापाले काठमाडौं जिल्ला अदालतमा केही पहिले नै कानुनी रुपमा जाजरकोटका बलराम शाहीसँग बिहे गरेको खबर बाहिर आएको थियो । बलराम अमेरिका निवासी व्यवसायी हुन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
