सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भीम रावल र  घनश्याम भुसालले गरेनन् खाली कागजमा हस्ताक्षर

सोमबार, ०२ फागुन २०७८, २० : २४
सोमबार, ०२ फागुन २०७८

नेकपा एमाले संसदीय दलको बैठकमा सोमबार सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराइएको छ । उपस्थितिमा हस्ताक्षर गरिसकेका सांसदहरुलाई विभिन्न ६ वटा फाइलमा हस्ताक्षर गराइएको हो ।

हस्ताक्षर गराइएको फाइलको अगाडिपट्टि कुनै व्यहोरा लेखिएको छैन । हस्ताक्षर गरेका एक सांसदले बैठकपछि भने, ‘खाली कागजमा हस्ताक्षर गर्न लगाइयो, हामीले गर्यौं ।’

एमाले स्रोतका अनुसार एमाले नेता भीम रावल र घनश्याम भुसालले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । कुन विषयमा हस्ताक्षर गर्नुपर्ने हो, सो लेखेर ल्याएपछि आफूले विचार गर्ने तर, खाली पानामा हस्ताक्षर नगर्ने बताउँदै उनीहरुले सही गर्न नमानेका हुन् ।

भुसाल र रावलले मात्रै होइन, ९८ मध्ये अन्य केही सांसदले समेत हस्ताक्षर गर्न नमानेको स्रोतले बतायो । यसबारे जानकारी दिँदै एक नेताले भने, ‘भुसाल र रावलजीले हस्ताक्षर नगरेको मलाई थाहा छ, अरु पनि केही सांसदले हस्ताक्षर गर्न मानेका छैनन् भन्ने सुनिएको छ ।

एमालेले सभामुख र केही न्यायायाधीशविरुद्ध महाअभियोग लगाउने प्रयोजनका लागि त्यसरी खाली कागजमा सांसदहरुलाई हस्ताक्षर गराएको स्रोतले बतायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप