मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

लाखौं डलरको पोन्जी स्किममा हलिउड अभिनेतालाई २० वर्षको जेल सजाय

मङ्गलबार, ०३ फागुन २०७८, १३ : ३६
मङ्गलबार, ०३ फागुन २०७८

लाखौ डलरको पोन्जी स्किम चलाएकोमा हलिउड अभिनेता जाचारी होरविजलाई संघीय अदालतले २० वर्षको जेल सजाय सुनाएको छ । उनले छोटो अवधि मात्रै हलिउडमा अभिनय गरेका थिए ।

न्याय विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ,‘होरोविजले कम्तीमा पनि ६५ करोड डलर उठाएका छन् ।’ अक्टोबरमा होरोविजले संघीय सुरक्षा धोकाघडीको अभियोगमा आपूmलाई निर्दोष मान्न अनुरोध गरेका थिए ।

सोमारको विज्ञप्तिमा उनले २४० महिनाको जेल सजाए बुझेका थिए र २३ करोड डलर भन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख थियो । ३५ वर्षीय होरविजमाथि केही पैसा उनको व्यक्तिगत खातामा राखेको र यसको प्रयोग व्यक्तिगत घर किन्नका लागि प्रयोग गरेका आरोप लागेका छ । उनको घरको मूल्य झन्डै ५७ लाख डलर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप