शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दीपकराज गिरीको कटाक्ष : 'सरकार सधै संकटमा, जनतालाई कसले बचाउँछ ?'

बुधबार, ०४ फागुन २०७८, १२ : ३५
बुधबार, ०४ फागुन २०७८

कलाकार दीपकराज गिरी समसामयिक विषयमा टिप्पणी गर्न माहिर छन् । उनले सामाजिक संजालमा गरेको टिप्पणीले राम्रै चर्चा समेत पाउने गरेको छ । केही दिन अगाडि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौताबारे सडकबाट नभई सदनबाटै निर्णय गर्नुपर्ने समेत उनले सुझाएका छन् । यो बिषयमा सडकले निर्णय गर्ने भए अरबौँ खर्च गरेर देशको ढुकुटी सकेर सांसद छनौट गर्नुको मतलब के ? भनेर समेत उनले प्रश्न उठाएका थिए । उनले उठाएको यो प्रश्नले सामाजिक संजालदेखि मिडियासम्म चर्चा पाएका थिए ।

 

अहिले फेरी गिरीले एमसीसीको कारण सरकार संकटमा परेको बिषयमा कटाक्ष गरेका छन् । ‘जुन देशको जनता संकटमा हुन्छ । त्यो देशको सरकारले बचाउँछ’, उनले सामाजिक संजालमा लेखेका छन् ‘जुन देशको सरकार नै सधै संकटमा हुन्छ, त्यो देशको जनतालाई कस्ले बचाउँछ ?’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप