दीपकराज गिरीको कटाक्ष : 'सरकार सधै संकटमा, जनतालाई कसले बचाउँछ ?'
बुधबार, ०४ फागुन २०७८, १२ : ३५
कलाकार दीपकराज गिरी समसामयिक विषयमा टिप्पणी गर्न माहिर छन् । उनले सामाजिक संजालमा गरेको टिप्पणीले राम्रै चर्चा समेत पाउने गरेको छ । केही दिन अगाडि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौताबारे सडकबाट नभई सदनबाटै निर्णय गर्नुपर्ने समेत उनले सुझाएका छन् । यो बिषयमा सडकले निर्णय गर्ने भए अरबौँ खर्च गरेर देशको ढुकुटी सकेर सांसद छनौट गर्नुको मतलब के ? भनेर समेत उनले प्रश्न उठाएका थिए । उनले उठाएको यो प्रश्नले सामाजिक संजालदेखि मिडियासम्म चर्चा पाएका थिए ।
अहिले फेरी गिरीले एमसीसीको कारण सरकार संकटमा परेको बिषयमा कटाक्ष गरेका छन् । ‘जुन देशको जनता संकटमा हुन्छ । त्यो देशको सरकारले बचाउँछ’, उनले सामाजिक संजालमा लेखेका छन् ‘जुन देशको सरकार नै सधै संकटमा हुन्छ, त्यो देशको जनतालाई कस्ले बचाउँछ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण