तस्बिरमा बुटवल बन्द
६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा गरेको बन्दको असर बुटवलमा परेको छ । बुटवलमा व्यापारिक केन्द्र मानिने अमरपथ, ट्राफिक चोक, जेसिस चोक लगायतका ठाउँमा पसलहरु बन्द रहेका छन् । बुटवलबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन छुटेका छैनन् ।
तर, व्यवसायी संघको काउन्टर भने खुला राखिएको छ । यस्तै, नीजि सवारी साधन भने सडकमा गुडेका छन् । बन्दका कारण यहाँका सबै सरकारी तथा नीजि शैक्षिक संस्था बन्द भएका छन् । बुटवलमा विभिन्न ठाउँहरु प्रहरी तैनाथ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ढग बहादुर के सी ले बताए । यस्तै विहान केही बन्दकर्ताहरु देखिए पनि अहिले बन्दकर्ताहरु सडकमा देखिएका छैनन् । विहानै प्रहरीले बुटवलको वसपार्कबाट ९ जना बन्दकर्ताहलाई पक्राउ गरिसेको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज देशव्यापी बन्द आह्वान गरेका हुन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण