कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
बिहीबार, ०५ फागुन २०७८, ११ : ५४
कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीकै गोदावरी नगरपालिका–५ का ३१ वर्षीय दलबहादुर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलाली ६ का ३३ वर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ । अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी सवा ७ बजे नियन्त्रण गुमाएर पल्टिएको प्रहरी चौकी कैलाली गाउँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण