बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

धरान–भेडेटार सडकमा झोलामा शव : अनुसन्धान गर्न तालिमप्राप्त कुकुर परिचालन

बिहीबार, ०५ फागुन २०७८, १३ : १३
बिहीबार, ०५ फागुन २०७८

सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–४ स्थित धरान भेडेटार सडक खण्डको जंगलमा फेला परेको मानव अंगबारे अनुसन्धान गर्न कुकुर परिचालन गरिएको छ । घटनास्थलमा तालिमप्राप्त कुकुर पठाइएको सुनसरीका एसपी सञ्जयसिंह थापाले रातोपाटीलाई बताए ।

सडकखण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईओटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेको एसपी थापाले बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएका छन् । फरेन्सिक चिकित्सकको टोलीले पनि हत्याको प्रकृतिबारे अनुसन्धान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप